स्वावलम्बन लघुवित्तको स्वतन्त्र संचालकमा बोहोरा नियुक्त

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको स्वतन्त्र संचालकमा उमा जोशी बोहरा नियुक्त भएकी छिन ।
कम्पनीको संचालक समितिको हिजो २० गते अपरान्ह ३ बजे बसेको ३५८ औँ बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा काठमाडौँ जिल्ला, टोखा नगरपालिका, वडा नं. ११ बस्ने उमा जोशी बोहरालाई नियुक्त गरेको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
जोशी लघुवित्त क्षेत्रको जानकार हुन ।
