आईपीओमा ९४.३१ प्रतिशतले अनलाइनबाट आवेदन दिए, सिईडिबिको आईपीओ १५ लाख भन्दा बढीले नपाउने « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

आईपीओमा ९४.३१ प्रतिशतले अनलाइनबाट आवेदन दिए, सिईडिबिको आईपीओ १५ लाख भन्दा बढीले नपाउने



काठमाडौं । सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले निष्कासन गरेको प्राथमिक शेयर (आईपीओ) मा १७ लाख ३६ हजार ७०१ अ जानले आवेदन दिएका छन् । आवेदन दिएका खरिदकर्ताहरूले २ करोड ६३ लाख ४५ हजार ५२६ कित्ता शेयरका लागि आवेदन दिएको कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक सनराइज क्यापिटलले जानकारी दिएको छ । यो सर्वसाधारणलाई निष्कासन गरेको २३ लाख ४१ हजार ९५४ कित्ताको ११.२४ गुणा बढी हो ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न ठाउँमा लकडाउन जारी गरिएको छ । लकडाउनमा बैंक तथा वित्तीय संस्थापनि सिमित रुपमा खुला छन् । यस अवधिमा पनि कम्पनीको आईपीओमा मागभन्दा धेरै आवेदन परेको हो । 

अनलाइन माध्यमबाट ९४.३१ प्रतिशत आवेदन परेको सिडिएससीले जनाएको छ । कुल आवेदन मध्ये १६ लाख ३७ हजार ९१२ वटा आवेदन अनलाइन मार्फत र बाँकी ५.६९ प्रतिशतले मात्रै भौतिक रुपमा बैंक तथा वित्तीय संस्थामा गएर शेयर भरेको सिडिएससीले बताएको छ । 

शुक्रबारदेखि सर्वसाधारणका लागि २५ लाख १८ हजार २३० कित्ता साधारण शेयर निष्कासन गरेको हो । जसमा २ प्रतिशत अर्थात ५० हजार ३६५ कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात १ लाख २५ हजार ९११ कित्ता शेयर सामूहिक लगानी कोष र बाँकी २३ लाख ४१ हजार ९५४ कित्ता शेयर सर्वसाधारणका लागि छुट्याएको छ । 

आईपीओमा मागभन्दा धेरै आवेदन परेकोले न्यूनतम १० कित्ताका दरले बाँडफाँड गरिनेछ । जसअनुसार २ लाख ३४ हजार १९५ जनाले मात्रै न्यूनतम १० कित्ताका दरले आईपीओ पाउने सम्भावना छ । बाँकी १५ लाख भन्दा बढि आवेदकको हात खाली हुने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्