जनउत्थान सामुदायिक लघुवित्तको ५१ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २.६० प्रतिशत लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन हो । कम्पनिले बैशाख ३० गते साधारण सभा गर्न भोलिबाट बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनिले मात्र लाभांश पाउनेछन् ।
लघुवित्तले गएको आर्थिक वर्षको मुनाफाबाट ४९.४० प्रतिशतले हुन आउने ३ करोड ९१ लाख २४ हजार ८ सय रुपैयाँ बराबरको बोनस र २.६० प्रतिशत अर्थात २० लाख ५९ हजार २ सय रुपैयाँ नगद वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव ३० गते हुने साधारण सभाले पारीत् गर्ने छ ।












