जनरल इन्स्योरेन्सको सबै सूचकमा लोभ लाग्दो प्रगति, नाफामा उछाल, दाबी भुक्तानीमा छलाङ मार्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

जनरल इन्स्योरेन्सको सबै सूचकमा लोभ लाग्दो प्रगति, नाफामा उछाल, दाबी भुक्तानीमा छलाङ मार्यो



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क १६.१० प्रतिशतले घटेर १६ करोड ३६ लाख २५ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कमपनीले खुद बीमा शुल्क १९ करोड ५० लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद नाफा १०७.४८ प्रतिशतले बृद्धि भएर ६ करोड ३६ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ३ करोड ६ लाख ९५ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर १ अर्ब रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको थियो । त्यस्तै, यस अवधिमा कम्पनीको जगेडा कोष १००.९९ प्रतिशतले बढेर ७ करोड ५३ लाख रुपैयाँ संचिती रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ३ करोड ७६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष ११५.३९ प्रतिशतले बढेर ८ करोड ८४ लाख ५६ हजार रुपैयाँ रहेको छ गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष ४ करोड १० लाख ६६ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको दावी भुक्तानी ८२.२० प्रतिशतले बढेर १९ करोड ९५ लाख ४१ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १ करोड ९५ लाख १२ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ४९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ८७.२६ गुणा रहेको छ । प्रति शेयर नेटवर्थ ११७ रुपैयाँ ०२ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्