शिखर इन्स्योरेन्सको नाफा १०.२६ प्रतिशत बढ्दा शेयर आम्दानी ह्वात्तै घट्यो, बीमा शुल्क १४.०३ प्रतिशतले बृद्धि - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

शिखर इन्स्योरेन्सको नाफा १०.२६ प्रतिशत बढ्दा शेयर आम्दानी ह्वात्तै घट्यो, बीमा शुल्क १४.०३ प्रतिशतले बृद्धि



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा १०.२६ प्रतिशतले बढेर ३६ करोड ३३ लाख २१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ३२ करोड ९५ लाख १९ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क १४.०३ प्रतिशतले बढेर २ अर्ब ९६ करोड ५७ लाख ९९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले खुद बीमा शुल्क २ अर्ब ६० करोड ९ लाख ३३ हजार रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूाजी ६६.३२ प्रतिशतले बढेर १ अर्ब ७५ करोड ८५ लाख २४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको थियो । कम्पनीको जगेडा कोष १९.३३ प्रतिशतले ऋणात्मक रहेर ६१ करोड ७६ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ७६ करोड ५६ लाख ५१ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा कम्पनीको बीमा कोष १७.१८ प्रतिशतले बढेर १ अर्ब २३ करोड ८९ लाख ७१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको बीमा कोष १ अर्ब ५ करोड ७३ लाख ११ हजार रुपैयाँ रहेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी गत आर्थिक बर्षको यस अवधिमा ४१ रुपैयाँ ५५ पैसा रहेको थियो भने यस बर्ष १४ रुपैयाँले घटेर २७ रुपैयाँ ५५ पैसामा सिमित भएको छ । त्यस्तै, कम्पनीको नेटवर्थ पनि गत बर्षको यस अवधिमा २८१ रुपैयाँ ३४ पैसा रहेकोमा यस बर्ष ७० रुपैयाँ ४० पैसा घटेर २१० रुपैयाँ ९४ पैसामा सिमित भएको छ ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १.९१ प्रतिशतले घटेर ६४ करोड २ लाख ४० हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ६५ करोड २६ लाख ९९ हजार रुपैयाँ गरेको थियो ।

यस अवधिमा कम्पनीको पोलिसी संख्या १० प्रतिशतले घटेर २१ करोड १९ लाख ९६ हजार बिक्री गरेको छ । गत वर्षको यहि अवधिमा २३ लाख ५५ लाख ६३ हजार पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको कर्जा लगानी २८.४९ प्रतिशतले बढेर १३ करोड ३५ लाख ८९ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कर्जा लगानीबाट १० करोड ३९ लाख ६९ हजार रुपैयाँ आर्जन गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्