लाइफ इन्स्योरेन्स कर्पोरेशनको नाफा १५ करोड ३७ लाख, खुद बीमा शुल्क आर्जन १३ अर्ब ५९ करोड पुग्यो

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको नाफा उल्लेखय बढेको छ । कम्पनिले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १५ करोड ३७ लाख रुपयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ४२.८५ प्रतिशतले बढेको हो गत र्वाको सोहि अवधिमा कम्पनिले कम्पनीले १० करोड ७६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्त्सम्मको वित्तिय विवरण अनुसार कम्पनिको नाफासंगै खुद बीमा शुल्क आर्जन पनि बढेको छ । कम्पनीले तेस्रो त्रैमाससम्ममा १३ अर्ब ५९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको तुलनामा ३१.८० प्रतिशतले बढेको हो । गत वर्षको यहि अवधिमा कम्पनिले १० अर्ब ३१ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।
कम्पनीको चुक्ता पूँजी १० प्रतिशतले बढेर २ अर्ब २१ करोड रुपैयाँ चुक्ता पूँजी पुगेको छ । हाल जगेडा कोषमा ६१ करोड १४ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तैगरी कम्पनिको प्रति शेयर आम्दानी पनि २ रुपैयाँले बढेको छ ।