सोल्टी होटलको सबै सूचक ऋणात्मक, १३.६६ करोड घाटामा
काठमाडौं । सोल्टी होटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १३ करोड ६६ लाख ३८ हजार रुपैयाँ खुद नोक्सानमा रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १४ करोड ५ लाख ४७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको आम्दानी ७३.५४ प्रतिशतले घटेर ३० करोड ८७ लाख ४७ हजार रुपैयाँमा झरेको छ । यस अवधिमा कम्पनीको सञ्चालन नोक्सान १३ करोड ६२ लाख २७ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १५ प्रतिशतले बढेर ८४ करोड २५ लाख ७९ हजार रुपैयाँ र जगेडा कोषमा ६७ करोड ५ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोषमा ९५ करोड ३० लाख ११ हजार रुपैयाँ रहेको थियो ।
यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी १ रुपैयाँ ६२ पैसा नोक्सानमा छ । गत वर्ष यसै अवधिमा भने प्रतिशेयर आम्दानी १ रुपैयाँ ९२ पैसा रहेको थियो । प्रतिशेयर नेटवर्थ पनि २३ रुपैयाँ १ पैसाबाट घटेर १७ रुपैयाँ ९६ पैसामा आएको छ ।













