मर्जर प्रस्ताव पारित गर्न नेपाल सेवा लघुवित्तले डाक्यो साधारण सभा - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

मर्जर प्रस्ताव पारित गर्न नेपाल सेवा लघुवित्तले डाक्यो साधारण सभा



काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा डाकेको छ । हिजो आइतबार बसेको संचालक समितिको बैठकले कम्पनिको साधारण सभा जेठ २४ गते बस्ने निर्णय गरेको छ ।

साधारण सभा जेठ २४ गते बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुने एक सुचना निकालेर कम्पनिले जनाएको छ ।

त्यसैगरी साधारण सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एकापसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्ने कम्पनिले जनाएको छ । साथै कम्पनिको उक्त साधारण सभाले एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको शेयर आदान प्रदान अनुपात तथा मर्जर प्रस्ताव पारीत गर्ने कम्पनिले जारी गरेको उक्त पत्रमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्