सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत लाभांश वितरण गर्ने, कहिले पाउनेछन सयरधनीले ?

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५७८९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
कम्पनिले प्रस्ताव गरेको लाभाश बिमा समितिले स्वीकुति दिएपछि आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्ने छन ।
हाल कम्पनिको चुक्ता पूँजी एक अर्ब १२ लाख २३ हजार रूपैयाँ रहेको छ । ११ प्रतिशत बराबरको ११ करोड १ लाख ३४ हजार रूपैयाँ बराबरको बोनस शेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार रूपैयाँ पुग्नेछ ।
