नेशनल लाइफको ४१ हजार लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

नेशनल लाइफको ४१ हजार लिलामी शेयरमा आवेदन दिने भोलि अन्तिम दिन



काठमाडौं । नेशनल लाइफ इनस्योरेन्स कम्पनिको लिलामि शेयरमा आवेदन दिने भोली अन्तिम दिन हो ।

एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको कम्पनिको ४१ हजार ८९६ कित्ता संस्थापक शेयर बैशाख २७ गतेदेखि लिलामीमा विक्री खुल्ल गरेको थियो ।

आवेदन दिन इच्छुक लगानिकर्ताले भोली जेठ १० गते सोमबार कार्यालय समयभित्र न्यूनतम १ सय कित्ता र सो वा सोभन्दा बढी सम्पूर्ण कित्ताका लागि प्रतिकित्ता ४ सय ४९ रुपैयाँ वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने छन ।

एनआईसी एशिया बैंकको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।


प्रतिक्रिया दिनुहोस्