आईपीओ जारी गर्ने प्रस्तावसहित आईएमई लाइफले बोलायो साधारण सभा - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

आईपीओ जारी गर्ने प्रस्तावसहित आईएमई लाइफले बोलायो साधारण सभा



काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले तेस्रो बार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको बार्षिक साधारण सभा जेठ ३१ गते सोमबार, कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान १० बजे शुरु हुनेछ ।

कम्पनीको साधारण सभाले धितिपत्र दर्ता गरी प्रारम्भिक सेयर (आईपीओ) जारी गर्ने बिशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, ल्ँच्क् प्रणाली लागु गरि तयार पारिएको वित्तीय विवरणहरुमाथि छलफल गरी पारित गर्नेछ । त्यस्तै, लेखापरिक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्