नेपाल राष्ट्र बैंकको ९ प्रतिशत ब्याजदरमा २ अर्बको नागरिक बचतपत्र आजदेखि खुल्ला

काठमाडौं । नेपाल राष्ट्र बैंकले जेठ ११ गते मंगलबारदेखि २ अर्ब रुपैयाँ बराबरको नागरिक बचत पत्र २०८३ बिक्री खुला गरेको छ । बैंकले वार्षिक ९ प्रतिशत ब्याजदरमा बचतपत्र बिक्री खुल्ला गरिएको हो । तर, बचतपत्रको व्याजमा कर भने लाग्ने बैंकले जनाएको छ । ब्याजको भुक्तानी ६–६ महिनामा गरिने जनाएको छ । यस बचतपत्रको अवधि ५ बर्षको हुने बैंले बताएको छ । घटीमा १० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजारले भाग गर्दा निशेष भाग जाने अङ्कमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ ।
केन्द्रीय बैंकका अनुसार उक्त बचतपत्र नेपाली नागरिकले मात्र खरिद गर्न पाउनेछन् । सो बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन वा दिन सकिनेछ । जेठ ११ देखि असार १ गतेसम्म बिक्री गरिने उक्त बचतपत्रको अन्तिम मिति भने आगामी असार ६ गतेका लागि तोकिएको छ । बैंकले २०८३ असार ६ गते साँवा भुक्तानी हुने मिति तय गरेको छ । बचतपत्र खरिद गर्न चाहनेले नेपाली नागरिकता प्रमाणपत्र, नाबालकको हकमा बचतपत्र खरिद गर्ने भएमा संरक्षको नागरिकता र जन्मदर्ताको प्रतिलिपि तथा दुई प्रति पासपोर्ट साइजको फोटोसमेत पेश गर्नुपर्नेछ ।
नेपाल राष्ट्र बैंकका उपत्यकाका बाहिरका कार्यालय, सरकारी ऋणपत्रको प्राथमिक तथा दोस्रो बजार कारोबार गर्न इजाजतपत्र लिएका बजार निर्माताले उक्त बचतपत्रको बिक्री वितरण गर्न पाउनेछन् ।
