महालक्ष्मी लाइफको दाबी भुक्तानी १७९७.७२ प्रतिशत बढ्यो, बीमा शुल्क आर्जन १ सय प्रतिशतले छलाङ् मार्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

महालक्ष्मी लाइफको दाबी भुक्तानी १७९७.७२ प्रतिशत बढ्यो, बीमा शुल्क आर्जन १ सय प्रतिशतले छलाङ् मार्यो



काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद बीमा शुल्क ९९.५१ प्रतिशत बढेर ७८ करोड ४२ लाख ६१ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको खुद बीमा शुल्क ३९ करोड ३१ लाख २ हजार रुपैयाँ आर्जन गरेको थियो ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद नाफा १.५० प्रतिशतले बढेर ६ करोड ६८ लाख २ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले ६ करोड ५८ लाख १७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीको बीमालेखको संख्या १६२.८४ प्रतिशतले बढेर २३ हजार २१९ वटा जीवन बीमा पोलिसी बिक्री गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले बीमा लेखको संख्या ८ हजार ८७२ वटा जीवन बीमा पोलिसी बिक्री गरेको थियो ।

यस अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । त्यस्तै, कम्पनीको जगेडा कोष १२९.०१ प्रतिशतले बढेर १६ करोड ८ लाख ४ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जगेडा कोष ७ करोड २ लाख १६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा १७१.५८ प्रतिशतले बढेर १ अर्ब ३३ करोड ६० लाख ३६ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको जीवन बीमा कोष ४९ करोड १९ लाख ५२ हजार रुपैयाँ रहेको थियो । कम्पनीको दिर्घकालिन कर्जा लगानी २२.८० प्रतिशतले बढेर २ अर्ब ८ करोड ९१ लाख ५६ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले दिर्घकालिन कर्जा लगानी १ अर्ब ७० करोड १३ लाख ३५ हजार रुपैयाँ लगानी गरेको थियो ।

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १७९७.७२ प्रतिशतले बढेर २ करोड ८२ लाख ५७ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोहि अवधमा कम्पनीले खुद दाबी भुक्तानी १४ लाख ८९ हजार रुपैयाँ गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्