बिहिबार सुन तोलामा ७ सयले बढ्यो

कठमाडौं । हिजो बुधबार स्थिर रहेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा एकैदिन प्रतितोला ७ सयले बढेको हो । आज छापावाला सुनको मुल्य प्रतितोला ९४ हजार २ सय पुगेको छ भने तेजावि सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदी हिजोकै भाउ प्रतितोला १ हजार ३ सय ५० रुपैँयामा कारोबार भएको छ । सुन आज ७ सयले बढेसंगै जेठ महिनाकै उच्च भाउ भएको छ ।