जीडीपीबाहेक सबै सूचक मजबुत रहेको अर्थसचिवको दाबी, यस्ताे छ अर्ततन्त्रकाे चित्र
काठमाडौं । अर्थ मन्त्रालयका सचिव शिशिरकुमार ढुंगानाले कुल गार्हस्थ उत्पादन (जीडीपी)को बृद्धिदर अपेक्षाकृत नहुने भए पनि त्यसबाहेक सबै आर्थिक सूचकहरु सुदृढ रहेको बताएका छन् । शुक्रवार चालू वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्यक्रममा यस्तो बताएका हुन् ।
उनले मूल्यबृद्धि नियन्त्रणमा रहेको, रेमिट्यान्सको आप्रवाह बढिरहेको, निर्यात बढिनै रहेको र आयात ब्यापार सन्तुलित हालतमै रहेको बताए । कोरोना महामारीको दोस्रो लहरले ठूलो असर गर्दा समेत अधिकांश आर्थिक सूचकहरु बलियो नै रहेको उनले दाबी गरे ।
विदेशी मुद्राको ढुकुटी बलियो रहेको, वित्तीय स्थिति मजबुत रहेको, सेयर बजार बढिरहेकाे र चालू खातालगायतका हिसाब पनि मुलुकको पक्षमै रहेको उनले बताए ।
अर्थ मन्त्रालयका अनुसार मुलुकको अर्थतन्त्रको पछिल्लो चित्र यस्तो छः














