गुराँस लाइफ १४ औं वर्षमा प्रवेश, जीवन बीमा कोष १० अर्ब ११ करोड रुपैयाँ पुग्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

गुराँस लाइफ १४ औं वर्षमा प्रवेश, जीवन बीमा कोष १० अर्ब ११ करोड रुपैयाँ पुग्यो



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी १३ वर्ष पुरा गरी १४ औं वर्षमा प्रवेश गरेको छ । बीमा समितिले २०६४ चैत १८ गते आजीवन, सावधिक र म्यादी जीवन बीमा कारोबार गर्न इजाजत प्रदान गरेको भएपनि कम्पनीले वि.स. २०६५ जेठ १७ गतेदेखि जीवन बीमा कारोबार शुरु गरेको थियो ।

१३ बर्षको अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ९७ करोड ५५ लाख ८५ हजार रुपैयाँ पुगेको छ । जगेडा कोष ५२ करोड ३१ लाख १४ हजार रुपैयाँ जम्मा रहेको छ । १३ बर्षको अवधिमा कम्पनीको जीवन बीमा कोष १० अर्ब ११ करोड ९३ लाख ५७ हजार रुपैयाँ रहेको छ ।

कम्पनीले १३ बर्षको अवधिमा ३ पटक हकप्रद शेयर जारी गरिसकेको छ । हालसम्म ५ पटक बोनस शेयर तथा नगद लाभांस वितरण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्