हिमालयन-इन्भेष्टमेन्ट र नबिल-यूनाइटेडको मर्जरलाई राष्ट्र बैंकको एलओआई दिने निर्णय « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

हिमालयन-इन्भेष्टमेन्ट र नबिल-यूनाइटेडको मर्जरलाई राष्ट्र बैंकको एलओआई दिने निर्णय



काठमाडौं । हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सबीचको जारी मर्जर प्रक्रियालाई नेपाल राष्ट्र बैंकले लेटर अफ इन्ट्रेस्ट (एलओआई) दिने निर्णय गरेको छ ।

नेपाल राष्ट्र बैंकको मंगलबार बसेको बोर्ड बैठकले हिमालयन बैंक र इन्भेष्टमेन्ट बैंक तथा नवील बैंक र यूनाइटेड फाइनान्सलाई मर्जरका लागि एलओआई दिने निर्णय गरेको हो । एलओआई पाएपछि अब यी संस्थालाई मर्जर प्रक्रिया तीव्र गतिमा अगाडि बढाउन सहज हुने राष्ट्र बैंकले जनाएको छ ।

हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच बैशाख ३० गते मर्जर सम्झौता गरेको थियो । त्यस्तै, नबिल बैंकले यूनाइटेड फाइनान्सलाई प्राप्ति गर्ने गरी बैशाख १७ गते सम्झौता गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्