१५ कार्तिक २०८३, आइतबार

निरन्तर ओरालो लाग्दै नेप्से, २ दिनमा साढे ८ अर्ब रुपैयाँले कारोबारमा कमी आयो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को ओरालो यात्रा शुरु भएको छ । सोमबारदेखि शुरु घटेको नेप्से मंगलबार पनि घटेको छ । मंगलबार नेप्से परिसूचक सँगै कारोबार रकममा पनि कमी आएको छ । निरन्तर उकालो लाग्दै आएको नेप्से दुई दिन निरन्तर घटेको हो । मंगलबार २ वटा समूहबाहेक अन्य सबै समूहमा राताम्य छाएको छ ।

मंगलबार नेप्से परिसूचक ११.६८ अंकले २७७१.१५ अंकमा बन्द भएको छ । साढे २८ सय पुगेको नेप्से २७ सयभन्दा तल झरेको हो । मंगलबार दिनभरिमा २१६ कम्पनीको १ करोड ९७ लाख ८१ हजार कित्ता सेयर ९८ हजार ६०७ पटक किनबेच हुँदा ८ अर्ब ५९ करोड ८१ लाख ६० हजार रुपैयाँको कारोबार भएको छ ।

यस अघि दुई दिन अघि आइतबार १७ अर्ब २ करोड रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड बनाएको थियो । मंगलबार घटेर दुई दिनमा साढे ८ अर्ब रुपैयाँको कारोबार कम भएको हो ।

मंगलबारट्रेडिङ समूह ६५.३० अंक, माइक्रोफाइनान्स २५.२४ अंक, इन्भेष्टमेन्ट समूह ०.८८ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ३९.०१ अंक, हाइड्रो पावर समूह २९.०७ अंक, निर्जीवन बीमा समूह १४२.६४ अंक, होटल तथा पर्यटन समूह ८७.५० अंक, बैंकिङ समूह ९.८९४ अंक, र जीवन बीमा समूह १५४.५७ अंकले घटेको छ ।

अन्य समूह १४.७१ अंक, डेभलपमेन्ट बैंंक समूह ७.५८ अंक, म्युचुअल फण्ड समूह ०.०१ अंक र फाइनान्स समूह २.४७ अंकले बढेको छ ।