बढ्यो सुनचाँदिको भाउ, तोलामा ९५ हजार नजिक पुग्यो
काठमाडौँ । बिहीबार नेपाली बजारमा सुनचाँदीको मूल्य उकालो लागेको छ । हिजो बुधबार स्थिर रहेको सुनको मुल्य आज प्रतितोला ४ सयले बढेको छ । आज छापावाला सुन ९४ हजार ९ सय र तेजावि सुन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरि बुधबार १० रुपैयाँले बढेको चाँदि आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ पुगेको छ ।
हिजो बुधबार छापावाला सुन प्रतितोला ९४ हजार ५०० र तेजावि सुन प्रतितोला ९४ हजार ४ सयमा कारोबार भएको थियो ।













