अक्वायर गर्ने प्रस्ताव पारित गर्न युनाइटेड फाइनान्स र नबिल बैंकले बोलाए साधारण सभा « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

अक्वायर गर्ने प्रस्ताव पारित गर्न युनाइटेड फाइनान्स र नबिल बैंकले बोलाए साधारण सभा



काठमाडौं । युनाइटेड फाइनान्स लिमिटेड र नबिल बैंकले बिशेष साधारण सभा बोलाएको छन् । नबिल बैंकसँग मर्जरमा जानका लागी फाइनान्सले बिशेष साधारण सभा बोलाएको हो, भने निबल बैंकले पफाइनान्सलाइ प्राप्ती गर्न साधारणा सभा बाेलाएका हुन् । दुबै कम्पनीले अषाढ ५ गते बिशेष साधारण सभा बोलाएका हुन् ।

नबिल बैंकले स्थापनाको ३६ वर्षपछि पहिलोपटक एउटा युनाइटेड फाइनान्स कम्पनीलाई अक्वायर गर्ने भएको हो । नबिल बैंक र युनाइटेड फाइनान्समा चौधरी ग्रुपको लगानी छ । नबिल बैंकले युनाइटेड फाइनान्सलाई ३५ रुपैयाँमा किन्ने भएको छ । नबिलले युनाइटेडलाई १ः०.३५ को स्वाप अनुपातमा प्राप्ति गर्न लागेको हो । अर्थात्, प्राप्तिपछि युनाइटेड फाइनान्सको सय कित्ता सेयरबराबर नबिलको ३५ कित्ता कायम हुनेछ ।

नबिल बैंक र युनाइटेड फाइनान्स एक्वायर गर्ने सम्वन्धि बैशाख १६ गते एमओयूमा हस्ताक्षर गरेको थियो । नबिलका मर्जर संयोजक उदयकृष्ण उपाध्याय र युनाइटेडका मर्जर संयोजक मनिष खेम्काले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्