आइतबार सुनको मूल्य तोलामै ७ सय रुपियाँ बढ्यो, कतिमा हुदैछ कारोबार ? - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

आइतबार सुनको मूल्य तोलामै ७ सय रुपियाँ बढ्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौँ । साताको पहिलो दिन आज आइतबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ७ सय रुपियाँ र चाँदी प्रतितोला १५ रुपियाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार १ सय रुपियाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ६ सय रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ५५ रुपियाँ कायम भएको छ ।

गत शुक्रबारका लागि छापावाल सुन प्रतितोला ९३ हजार ४ सय रुपियाँ, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपियाँ र चाँदीको मूल्य प्रतितोला १ हजार ३ सय ४० रुपियाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्