नेपाल सेवा लघुवित्तको साधारण सभा आज हुँदै, विन लघुवित्तसँग गाभिने प्रस्ताव पारित गर्ने
काठमाडौं । नेपाल सेवा लघुवित्त वित्तीय संस्थाले छैठौं वार्षिक साधारण सभा आज हुँदै छ । संचालक समितिको बैठकले कम्पनिको साधारण सभा आज (जेठ २४ गते, सोमबार) बोलाएको थियो । कम्पनीको साधारण सभा जेठ २४ गते बिहान ११ बजे इन्द्रावती सामुदायिक सेवा केन्द्र फटकशीला ८, सिन्धुपाल्चोकमा हुनेछ ।
त्यस्तै, साधारण सभाले नेपाल सेवा लघुवित्त र विन लघुवित्त एकआपसमा गाभिने प्रस्ताव छलफल गरी पारित गर्नेछ । एकापसमा गाभिने प्रयोजनको लागि मूल्यांकनकर्ताबाट प्राप्त प्रतिवेदन समेतको आधारमा निर्धारण गरिएको सेयर आदान प्रदान अनुपातलाई पारित गरी तथा मर्जर सम्बन्धि प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै, सञ्चालक समितिको तर्फबाट आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७–०७८ को लागि लेखा परीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव रहेका छन् ।
















