स्वावलम्बन लघुवित्तको १ लाख ९० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूह अन्र्तगतको १ लाख ९० हजार ६५० कित्ता शेयर आज देखि लिलामीमा बिक्री खुला गरिएको छ ।
संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रति कित्ता न्यूनतम मूल्य रु. ७५१ रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।
साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ २६ गते देखि असार २७ गते सम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंमा आइपुग्ने गरी प्रति कित्ता आफूले लिन चाहेको दर रेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोलपत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।













