फेरि बढ्यो सुनको मूल्य, तोलामा ९४ हजार १ सय पुग्यो
काठमाडौं । हिजो सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुनको मूल्य आज ३ सयले बढेको छ । आज सुन छापावाला सुन तोलामा ३ सयले बढेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर ९३ हजार ६०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदीको मूल्य प्रतितोला एक हजार ३ सय ५५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसाहि महासंघले जनाएको छ ।












