बिहीवार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो « Arthapath.com
२७ जेष्ठ २०७८, बिहीबार

बिहीवार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको बढ्यो



काठमाडौं । आज बिहीवार नेपाली बजारमा सुनको मूल्य ३ सयले घटेको छ । हिजो १ सयले बढेको सुन आज ३ सयले घटेर छापावाला सुन प्रतितोला ९३ हजार ९०० मा र तेजावि सुन प्रतितोला ९३ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो छापावाला सुन प्रतितोला ९४ हजार २ सय र तेजावि सुन प्रतितोला ९३ हजार ७ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी आज चाँदीको मुल्य ५ रुपैँयाले बढेर प्रतितोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको छ । हिजो चाँदी १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्