लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ प्रतिशत लाभांश पारित « Arthapath.com
३० जेष्ठ २०७८, आईतवार

लुम्बिनी जनरल इन्स्योरेन्सको १० प्रतिशत र हिमालयन जनरल इन्स्योरेन्सको ६.७५ प्रतिशत लाभांश पारित



काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १६ औं वार्षिक साधारण सभा र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । दुबै कम्पनीको साधारण सभाले लाभांश पारित गरेको छ ।

लुम्बिनी जनरल इन्स्योरेन्सको सभाले ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनश शेयर गरी कूल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरेको छ ।

त्यस्तै, हिमालयन जनरल इन्स्योरेन्सको सभाले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पूँजीको ३ प्रतिशत बोनस र ३.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि समेत) गरी कूल ६.७५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । त्यस्तै, सभाले कुनै कम्पनीलाई प्राप्ती वा एक आपसमा गाभिने प्रक्रिया सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने जनाएको छ । त्यस्तै, सभाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पारित गरेको छ। त्यस्तै, सभामा लेखपरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गरेको छ ।


प्रतिक्रिया दिनुहोस्