महालक्ष्मी विकास बैंकले ल्यायो महालक्ष्मी मिस्कल सेवा, मिस्कल गरे कल ब्याक आउने « Arthapath.com
२१ असार २०८२, शनिबार

महालक्ष्मी विकास बैंकले ल्यायो महालक्ष्मी मिस्कल सेवा, मिस्कल गरे कल ब्याक आउने



काठमाडौं । महालक्ष्मी विकास बैंकले महालक्ष्मी मिस्कल सेवा सञ्चालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि बैंकिङ सेवा, बैंकको शाखाहरुको बारेमा जानकारी तथा बैंकको बचत तथा कर्जा सम्बन्धि कुनै पनि जानकारी आवश्यक परेमा मोवाईल नम्बर ९८४७३८७५२४ मा मिस्कल गरेमा बैंकका प्रतिनिधिले सम्बन्धित ग्राहकलाई फोन गरी जानकारी दिने बैंकले जनाएको छ ।

यस सेवामा ग्राहकहरुलाई बैंकका प्रतिनिधिले डिजिटल बैंकिङ्गको प्रयोग बिधि तथा त्यसको उपयोगीताको बारेमा पनि जानकारी गराउनुको साथै बैंकसँग सम्बन्धित कुनै पनि समस्या वा सुझाव भएमा सो जानकारी लिई उचित समाधान समेत गर्ने बैंकले जनाएको छ ।

कोरोना महामारीको असरलाई मध्यनजर गदै ग्राहकहरुलाई मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, लगायतका विद्युतीय बैंकिङ सेवा प्रयोग गरी विद्युतीय कारोबारलाई प्रोत्साहन गर्दै कोरोना संक्रमणबाट आफु बँच्न र अरुलाई पनि बचाउन अनुरोध गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्