आँधिखोला लघुवित्तले असार ३१ गते बोलायो साधारण सभा, गाभ्ने–गाभिने कार्य सञ्चालक समितिलाई अख्तियारी दिने
काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३१ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । लघुवित्तको साधारण सभा होटल गाँउबेशीको सभाहल, वालिङ, स्याङ्जामा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभाले लघुवित्तले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्थाहरु गाभ्ने गाभिने तथा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने र गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन पनि सो सभाले पारित गर्नेछ ।
धौलागिरी लघुवित्तसँगको मर्जर प्रयोजनार्थ लघुवित्तको शेयर कारोबार २०७६ पुस ३ गतेदेखि रोक्का रहेको छ ।















