१० दिनमै युनाइटेड फाइनान्सलाई अक्वायर गर्ने स्वीकृति पाएको नबिल बैंकले २७ गते एकीकृत कारोबार गर्दै « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

१० दिनमै युनाइटेड फाइनान्सलाई अक्वायर गर्ने स्वीकृति पाएको नबिल बैंकले २७ गते एकीकृत कारोबार गर्दै



काठमाडौं । मर्जरको लागी बिशेष साधारण सभा गरेको १० दिनभित्रै युनाइटेड फाइनान्सलाई अक्वायर गर्न नबिल बैंकले स्वीकृती पाएको छ । नबिल बैंक र युनाइटेड फाइनान्सले राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको हो । राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्न १० दिनमा नै अन्तिम स्वीकृति दिएको हो । बिशेष साधारण सभा सम्पन्न भएको १० दिनमा नै राष्ट्र बैंकले स्वीकृति दिएको हो । राष्ट्र बैंकले अहिलेसम्मकै छोटो अवधिमा नबिल बैंकलाई युनाइटेड फाइनान्स अक्वायर गर्न अन्तिम स्वीकृति दिएको हो ।

दुवै संस्थाले गत असार ५ गते विषेस साधारणसभा सम्पन्न गरेको थिए । राष्ट्र बैंकले नविल बैंकलाई असार १५ गते अन्तिम स्वीकृति दिएको हो ।

युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएपछि असार २७ गते संयुक्त कारोबार गर्ने तयारी रहेको बैंकले जनाएको छ । असार मसान्तसम्म दुवै संस्थाको एउटै ब्यालेन्ससिट निकाल्ने गरी काम अघि बढिरहेको नविल बैंकका नायव महाप्रबन्धक (डिजिएम) मनोज ज्ञवालीले बताए । नबिल बैंकको १ सय सेयर बरावर युनाइटेड फाइनान्सले ०.३५ सेयर स्वाप अनुपात पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्