विदेशबाट फर्किएकालाई बस्न ११० होटेललाई तोकियो क्वारेन्टिन
काठमाडौं । विदेशबाट फर्कनेलाई क्वारेन्टिन राख्न सरकारले ११० होटेल तोकेको छ । सरकारले विदेशबाट फर्किएकाहरुलाई पर्यटन विभागमा दर्ता भएका २७ र बागमति प्रदेश पर्यटनमा दर्ता भएका ८३ गरी कूल ११० होटललाई क्वारेन्टिनको रुपमा ताकेको हो ।
सरकारले निश्चित गन्तब्य तोकेर हवाई यात्रा खुला गरिसकेको छ । विदेशमा खोप नलगाएर आउने यात्रुुले क्वारेन्टिनमा बस्नु पर्नेछ । वैदेशिक रोजगारीबाट र्फकनेहरुले ५ दिनपछि पिसिआर परीक्षण गरी नेगेटिभ रिर्पोट आएमा घरमा जमान पाउनेछन् ।
विदेशबाट फर्किनेलाई क्वारेन्टिन बस्नुपर्ने ब्यवस्था अनुरुपमा यस्तो ब्यवस्था गरेको हो । विभागको होटेल शाखाले आइतबार कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) मा होटेलको सूची बुझाएको हो । नेपाल सरकारले जारी गरेको पछिल्लो विदेशबाट नेपाल आगमन हुने यात्रुको व्यवस्थापन सम्बन्धी आदेश—२०७८ मा होटेल क्वारेन्टिनको व्यवस्थापनको जिम्मा पर्यटन बोर्डलाई दिएको छ ।
विभागले बुझाएको सूचीमा पाँचतारे होटेल र रिसोर्ट पनि समावेश गरिएको छ । यसअघि ठमेल क्षेत्रका होटल समावेश गरेको थिएन भने अहिलेको सूचीमा ठमेलका होटलसमेत समावेश गरिएको छ ।
हायात रिजेन्सी, द सोल्टी काठमाडौं, काठमाडौं मेरियट होटेल र्र याडिसन गरि ४ वटा पाँचतारे होटेल विभागको तथ्याङ्कमा समावेश भएका छन् । त्यस्तै, गोकर्ण फरेष्ट रिर्सोट, क्लव हिमालय (नगरकोट), समिट होटेल र एयरर्पोट होटेल रहेका छन् ।













