२६ श्रावण २०८३, मंगलबार

नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राले असार ३० गतेदेखि संयुक्त कारोबार गर्ने



काठमाडौं । नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राको एकीकृत कारोबार असार ३० गतेदेखि हुने भएको छ । महिला सहयात्रा लघुवित्तलाई प्राप्तिपश्चात् नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले असार ३० गतेदेखि संयुक्त कारोबार हुने नेशनला माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामबहादुर यादवले जानकारी दिए ।

दुवै लघुवित्तको गत जेठ २५ गतेसम्म आ—आफ्नो साधारणसभाबाट प्राप्ति प्रक्रियालाई पारित गरेसँगै नेशनल माइक्रोफाइना लघुवित्त वित्तीय संस्थाको नामबाट संयुक्त कारोबार हुने सीईओ यादवले बताए ।

नेपाल राष्ट्र बैंकले गत असार १५ गते र कम्पनी रजिस्ट्रारको कार्यालय गत असार २४ गते अन्तिम स्वीकृति दिएको हो । एकीकृत कारोबारका लागि दुवै संस्थाको तथ्यांक एउटै सफ्टवेयरबाट वित्तीय कारोबार गर्नुपर्ने भएकोले डाटा इन्टिग्रेसनका लागि असार २९ गते एक दिनका लागि महिला सहयात्राको सम्पूर्ण कारोबार बन्द रहने बताइएको छ ।

नेशनल माइक्रोफाइनान्सको केन्द्रिय कार्यालय धादिङमा रहेको छ । मर्जरपछि संस्थाको पूँजी ४२ करोड रुपैयाँ पुग्ने छ । अहिले नेशनल पूँजी ३२ करोड र महिला सहयात्राको १० करोड छ । अहिले नेशनलको ग्राहक संख्या १ लाख १४ हजार छ । महिला सहयात्राको ४४ हजार ग्राहक थपिएपछि कुल १ लाख ५४ हजार पुग्ने छ । लगानी रकम पनि १० अर्ब हाराहारीमा पुग्ने यादवले बताए ।

यी दुई संस्थाबीच स्वाप १००ः६८ अनुपातमा गाभिने सहमति भएको छ । अर्तात् महिला सहयात्राको १०० कित्ता शेयर हुनेले अब नेशनलको ६८ कित्ता शेयर पाउने छन् ।