कोरियाली प्रायःद्विपको पुनर्मिलन निम्ति अन्तर्राष्ट्रिय सम्मेलन - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कोरियाली प्रायःद्विपको पुनर्मिलन निम्ति अन्तर्राष्ट्रिय सम्मेलन



काठमाण्डौ । सात दशकदेखि विभाजित र अघोषित युद्धमा रहेका कोरियाली प्रायःद्वीपका दुइ राष्ट्रहरुबीच शान्तिपूर्ण पुनर्मिलनका लागि एसिया प्रशान्त क्षेत्रका विभिन्न मुलुकहरूले पहल गरेका छन् । विश्वको उदाउँदो आर्थिक शक्ति कोरियाली राष्ट्रहरुको पुनर्मिलन विश्व शान्ति र सुरक्षाको लागि अपरिहार्य रहेकाे हालै सम्पन्न एक अन्तर्राष्ट्रिय नेतृत्व सम्मेलनका सहभागिहरूले बताए ।

कोरियाली प्रायःद्विपको शान्तिपूर्ण पुनर्मिलनको वातावरण बनाउन युनिर्भसल पीस फडेरेसन सक्रिय रहेको छ । गत बुधबार र विहीबार भएकाे भर्चुअल सम्मेलनमा उत्तर र दक्षिण कोरियाको पुनर्मिलन र एसिया प्रशान्त क्षेत्रकाे शान्ति-सुरक्षा विषयमा विभिन्न दृष्टिकोणमाथि छलफल भएको थियो ।

एशिया प्रशान्त क्षेत्रमा सम्पन्न सम्मेलनको लागि ४१ राष्ट्रका लगभग ५ हजार व्यक्तिले प्रत्येक्ष दर्ता गरेर सहभागी भएका थिए । सम्मेलनमा विभिन्न राष्ट्रका पूर्व राष्ट्र प्रमुख, सांसद, कूटनितिज्ञलगायत ४५ जना वक्ताहरूले सम्बोधन गरेका थिए । युनिभर्सल पीस फेडेरेशन (यूपीएफ) नामक संस्थाले याे सम्मेलन आयोजना गरेको हो ।

यूपीएफ त्यही संस्था हो, जसले २०७५ मंसिरमा काठमाडौंमा एक विवादस्पद धार्मिक सम्मेलन आयोजना गरेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक लाख अमेरिकी डरको ‘लिडरशीप एण्ड गुड गभर्नेन्स अवार्ड’ प्रदान गरेको थियो भने सयौं व्यक्तिहरुलाई जिसस क्राइस्टका नाममा ‘होली वाइन’ बाँडेको थियो ।


प्रतिक्रिया दिनुहोस्