नबिल बैंक र युनाइटेड फाइनान्सको संयुक्त कारोबार आजदेखि हुँदै « Arthapath.com
६ जेष्ठ २०८२, मंगलबार

नबिल बैंक र युनाइटेड फाइनान्सको संयुक्त कारोबार आजदेखि हुँदै



काठमाडौं । नबिल बैंक र युनाइटेड फाइनान्सको संयुक्त कारोबार आजदेखि हुने भएको छ । नबिल बैंक र युनाइटेड फाइनान्सले राष्ट्र बैंक र कम्पनी रजिष्ट्राको कार्यालयबाट अन्तिम स्वीकृति पाएसँगै संयुक्त कारोबार आज असार २७ गतेदेखि गर्ने बैंकले जनाएको छ ।

राष्ट्र बैंकले नबिल बैंकलाई युनाइटेड फाइनान्स प्राप्ति गर्न १० दिनमा नै अन्तिम स्वीकृति दिएको हो । बिशेष साधारण सभा सम्पन्न भएको १० दिनमा नै राष्ट्र बैंकले स्वीकृति दिएको हो ।

दुवै संस्थाले गत असार ५ गते विषेस साधारणसभा सम्पन्न गरिसकेका छन् । राष्ट्र बैंकले नविल बैंकलाई असार १५ गते अन्तिम स्वीकृति दिएको हो । कम्पनी रजिस्ट्रारको कार्यालयले पनि गत असार १८ गते एकीकृत कारोबारका लागि अन्तिम स्वीकृति दिएको थियो। युनाइटेड फाइनान्सलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएपछि असार २७ गतेदेखि संयुक्त कारोबार शुभारम्भ हुनेछ ।

नबिल बैंकको १ सय सेयर बरावर युनाइटेड फाइनान्सले ०.३५ सेयर स्वाप अनुपात पाउनेछ ।


प्रतिक्रिया दिनुहोस्