सामाजिक सुरक्षा कोषविरुद्धः वित्तीय क्षेत्रका कर्मचारीले विहान १० बजेदेखि १०ः१५ बजेसम्म सांकेतिक आन्दोलन गर्ने

काठमाडौं । सामाजिक सुरक्षा कोषविरुद्ध बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । सामाजिक सुरक्षा कोष विरुद्धको मुद्दा अदालतमा दर्ता भएका बेला कर्मचारीहरुले आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
कर्मचारीहरुले सामाजिक सुरक्षा कोषविरुद्ध पहिलो चरणका आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् । नेपाल वित्तीय संस्था कर्मचारी संघले प्रेष विज्ञप्ति जारी गर्दै असार २७ गते आइतबारदेखि ४ दिन (असार ३० गते) सम्म को विरोध गर्ने भएको हो । बैंकका कर्मचारीहरुले ४ दिनसम्म विहान १० बजेदेखि १०ः१५ बजेसम्म संघको ब्यानरमा कोषमा आबद्ध हुन किन असहमति भन्नेनाराका साथ हातमा कालोपट्टी बाँधेर बैंकको प्रांगणमा विरोध गर्न सबै कर्मचारीलाई आग्रह गरेको हो ।
फियनले आइतबारदेखि ३ दिनको लागि आफ्नो अफिस अगाडि सामाजिक सुरक्षा कोषमा असहमति किन भन्ने व्यानरसहित बिहान १० बजेदेखि १५ मिनेट कालो पट्टि बाँधी बैंकको प्राङ्गण अगाडि विरोध कार्यक्रम गर्ने निर्णय गर्दै थप आन्दोलनका लागि समेत मानसिक रुपमा तयार रहन भनेको हो ।