बुधबार ३ सयले बढ्यो सुन ,चाँदीको मुल्य घट्यो « Arthapath.com
४ जेष्ठ २०८२, आईतबार

बुधबार ३ सयले बढ्यो सुन ,चाँदीको मुल्य घट्यो



काठमाडौं । आज बुधबार नेपाली बजारमा सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य ओरालो लागेको छ । आज सुन तोलामा ३ सयले बढेर छापावाला सुन प्रतितोला ९२ हजार ७ सय र तेजावि सुन प्रतितोला ९२ हजार २ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हवार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो मंगलबार सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ४०० रुपैयाँ, तेजावी ९१ हजार ९०० रुपैयाँ र चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय २० रुपैयाँ कायम भएको थियो ।

सोमबार छापावाला सुन तोलाको ९२ हजार २०० रुपैयाँ, तेजावी ९१ हजार ७०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्