नेपाल आयल निगमले माग्यो विभिन्न पदका लागि १७ जना कर्मचारी

काठमाडौं । नेपाल आयल निगमले कर्मचारी मागेको छ । कम्पनिले विभिन्न पदका लागि १७ जना कर्मचारी मागेको हो ।
आयल निगमले एक सूचना जारी गर्दै ४ तहदेखि ६ तहसम्मका लागि १७ जना कर्मचारी माग गरेको छ । खुला प्रतिस्पर्धाबाट नियुक्त गर्ने गरि कर्मचारी मागेको उक्तसुचनामा उल्लेख गरिएको छ ।
जस अन्तर्गत तह ६ मा ७ जना सहायक प्रबन्धक माग गरेको भने तह ५ मा ३ जना बरिष्ठ सहायक र तह ४ अन्र्तगत एक जना मेकानिकल मिस्त्री माग गरेको छ । त्यसैगरी निगमले तह बिहिनमा १ जना टेक्निसियन र १ जना बाउजर अपरेटर समेत माग गरेको छ ।
योग्यता पुगेका इच्छुक आवेदकले सुचना जारी भएको २१ दिनभित्र आवेदन दिन सक्ने छन भने दोब्बर दस्तुर तिरेर थप ७ दिनको समयसम्म आवेदन दिन सक्ने कम्पनिले जनाएको छ ।
