मेरो माइक्रोफाइनान्सको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा
काठमाण्डौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा भएको छ । लघुवित्त कम्पनीले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १६.९३९९ प्रतिशत बोनस शेयर वितरण गरेको थियो ।
माइक्रोफाइनान्सको २०७७ पुस २८ गते मंगलबार सम्पन्न भएको आठौं वार्षिक साधारण सभाले १६.९३९९ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गरेको थियो ।
साधारण सभा प्रयोजनको लागि कम्पनिले २०७७ पुस १७ गतेदेखि बुकक्लोज गरेको थियो । सोहि अनुरुप २०७७ पुस १६ गतेसम्म नेप्सेमा शेयर कारोबार भई कायम रहेका लगानीकर्ताले उक्त बोनस शेयर पाएका छन ।















