जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त, स्वीकृतिको लागी समितिमा पत्र पठायो « Arthapath.com
१ श्रावण २०७८, शुक्रबार

जनरल इन्स्योरेन्सको सीईओमा रामचन्द्र श्रेष्ठ नियुक्त, स्वीकृतिको लागी समितिमा पत्र पठायो



काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा श्रेष्ठलाई नियुक्त गर्न सफिारिस गरेको छ । कम्पनीको संचालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत रामचन्द्र श्रेष्ठलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्न सिफारिस गरेको हो ।

कम्पनीले सीईओमा श्रेष्ठको नाम बीमा समितिमा स्वीकृतिको लागी पत्र पठाएको हो । बीमा समितिले स्वीकृति दिए पछि मात्रै श्रेष्ठ कम्पनीको सिइओमा नियुक्ती हुनेछन् । कम्पनीको संचालक समितिको बैठकले श्रेष्ठलाई सीईओ पदको लागी जिम्मेवारी दिएको स्रोतले बताएको छ ।

इन्स्योरेन्सको महाप्रवन्धक रहेका एसके तमोटले कम्पनी छाडेपछि कामु सीईओमा श्रेष्ठलाई नियुक्त गरेको थियो । श्रेष्ठ लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको डेपुटी सीईओ छाडेर बैसाख १ गतेदेखी जनरल इन्स्योरेन्सको डेपुटी सीईओमा नियुक्त भएका थिए ।


प्रतिक्रिया दिनुहोस्