भारतमा जनता कर्फ्यु भन्दा कडा २१ दिन लामो लकडाउन « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

भारतमा जनता कर्फ्यु भन्दा कडा २१ दिन लामो लकडाउन



काठमाडौ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देशमा २१ दिन लामो लकडाउन घोषणा गरेका छन्। मंगलबार साँझ विशेष सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले जनता कफ्र्यूु भन्दा पनि कडा किसिमको लकडाउन घोषणा गरेका हुन्।

मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै भने, हिन्दुस्तान बचाउनका लागि आज राति १२ बजेदेखि देशमा पूरै लकडाउन गरिनेछ। यो जनता कफ्र्यू भन्दला कडा हुनेछ। यो २१ दिन लामो हुनेछ।

घरबाट बाहिर निस्किने कुरा २१ दिनका लागि कल्पना पनि नगर्न मोदीले चेतावनी दिएका छन्। २१ दिन नसम्हालिने हो भने तपाईंको देश भारत र तपाईंको परिवार २१ वर्ष पछि पर्नेछु, मोदीले भनेका छन्। प्रधानमन्त्री मोदीले विश्वका शक्तिशाली देशलाई पनि कोरोनाले थला पारेको बताउँदै भारतसँग यसबाट बच्न अर्को कुनै विकल्प नरहेको बताएका छन्। 


प्रतिक्रिया दिनुहोस्