गत आवमा कूल बीमाशुल्कमा ब्यापक बृद्धि, जीवनतर्फ २८.७१ र निर्जीवनतर्फ १५.३५ प्रतिशतले छलाङ
काठमाडौं । बीमा समितिले स्थलगत अनुगम गरेको छ । बीमा समितिले साउन १ गते सबै सबै जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीहरूमा स्थलगत अनुगमन गरेको थियो । अनुगम गर्दा गत आर्थिक वर्षमा कूल बीमाशुल्क वृद्धि भएको तथ्याङ्क बीमा समितिले सार्वजनिक गरेको छ ।
गत आर्थिक वर्ष २०७७–७८ मा जीवन बीमा कम्पनीहरूबाट कूल १ खर्व २० अर्ब ५५ करोड २३ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । यता निर्जीवन बीमा कम्पनीहरूले भने गत आर्थिक बर्ष ३० अर्ब ९० करोड ६८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा समितिले जनाएको छ । जीवन बीमा र निर्जीवन बीमा गरि कूल १ खर्ब ५१ अर्व ४५ करोड ९१ लाख रुपैयाँ बीमाशुल्क सङ्कलन भएको बीमा समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए ।
अघिल्लो आर्थिक वर्ष २०७६–७७ को तुलनामा गत आर्थिक वर्ष २०७७–७८ मा जीवन बीमा तर्फको कूल बीमा शुल्कमा २८.७१ प्रतिशत र निर्जीवन बीमा तर्फको कूल बीमाशुल्कमा १५.३५ प्रतिशत बढि संकलन गरेका हुन् ।
यसैगरी, गत आर्थिक वर्षमा जीवन बीमा तर्फ १५ हजार ९६४ वटा बीमालेखको २ अर्ब २५ करोड २ लाख रुपैयाँ बीमा मागदावी भुक्तानी गर्न बाँकी रहेको समितिले जनाएको छ । यता निर्जीवन बीमातर्फ भने ८६ हजार ४४० वटा बीमालेखको २० अर्ब १४ करोड ५१ लाख बीमा मागदाबीको भुक्तानी दिन बाँकी रहेको छ ।
बीमा समितिका अनुसार गत आर्थिक वर्षमा जीवन बीमातर्फ ९ अर्ब ८८ करोड १४ लाख रुपैयाँ बराबरका ६३ हजार ३३१ वटा बीमालेखहरू व्यतित भएका छन् ।














