एनएलजी इन्स्योरेन्सको शेयर मूल्य समायोजन
काठमाडौं । एनएलजी एनस्योरेन्सको शेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्जले आज एनएलजी इन्स्योरेन्स कम्पनीको १० प्रतिशत बोनु शेयरपछिको शेयरमूल्य समायोजन गरेको हो ।
१० प्रतिशशत बोनस शेयर समायोजन भइपछि कम्पनिको शेयरमूल्य १ हजार १९८ रुपैयाँ १८ पैसा कायम भएको छ । हिजो कारोबार भएको मुल्यको आधारमा शेयरमुल्य समायोजन गरेको हो ।
हिजो इन्स्योरेन्सको अन्तिम मुल्य १ हजार ३ सय १८ रुपैयाँमा कारोबार भएको थियो । आज समायोजन पछिको मुल्यमा कारोबार खुलेको छ ।













