वोमी लघुवित्तको सबै सूचकमा ब्यापक प्रगति, नाफा ६६७ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ६६६.८१ प्रतिशतले बढेर १६ करोड ५ लाख ३९ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा २ करोड ९ लाख ३६ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत आवको असारमसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ८७.२६ प्रतिशतले बृद्धि भएर ३२ करोड १० लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले १७ करोड १४ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ५७९.१० प्रतिशत बढेर २२ करोड ३९ लाख ६६ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ३ करोड २९ लाख ८० हजार रुपैयाँ रहेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १४.०५ प्रतिशत बढेर ४१ करोड १९ लाख ४४ हजार रुपैयाँ, जगेडा कोष २१०.६१ प्रतिशत बढेर २९ करोड ४८ लाख ४३ हजार रुपैयाँ, सापटी ११८.६१ प्रतिशत बढेर २ अर्ब १२ करोड ९३ लाख ४१ हजार रुपैयाँ, निक्षेप ८८.७३ प्रतिशत बढेर १ अर्ब ६३ करोड ५० लाख ६७ हजार रुपैयाँ र कर्जा १०८.५४ प्रतिशत बढेर ४ अर्ब ५४ करोड ६७ हजार रुपैयाँ रहेको छ ।
सम्भावित जोखिम बापतको व्यवस्थामा छुट्याएको रकम ७८.१४ प्रतिशत घटेको छ भने ३ करोड ८ लाख ५८ हजार रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ३३ रुपैयाँ १७ पैसा बढेर ३८ रुपैयाँ ९७ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.५७ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५७ पैसा रहेको छ ।












