आरएसडिसी लघुवित्तको अधिकांश सूचकमा सुधार, कर्जा ३ अर्ब ४९ करोडले बढ्दा नाफामा साढे १५ प्रतिशत
काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा १५.४६ प्रतिशतले बढेर ९ करोड १० लाख ८० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले खुद नाफा ७ करोड ८८ लाख ८७ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत आवको असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.४१ प्रतिशत बढेर १६ करोड ४० लाख ५३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुसवत्तले १४ करोड २१ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १८.४७ प्रतिशत बढेर १२ करोड ४५ लाख ३० हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा १० करोड ५१ लाख ११ हजार रुपैयाँ रहेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत बढेर ७३ करोड १९ लाख ६० हजार रुपैयाँ, जगेडा कोष ४.६४ प्रतिशत बढेर १५ करोड ३४ लाख ३७ हजार रुपैयाँ, सापटी १७.९४ प्रतिशत बढेर ३ अर्ब ७ करोड ४६ लाख ९७ हजार रुपैयाँ र कर्जा २२.३४ प्रतिशत बढेर ३ अर्ब ४९ करोड ४४ लाख ८ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ७० पैसा बढेर १२ रुपैयाँ ४४ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ६९.६८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ९६ पैसा रहेको छ ।












