स्वाबलम्बन लघुवित्तको नाफा ७३.९२ प्रतिशत बढ्यो, १० अर्ब ६२ करोड रुपैयाँ निक्षेप संकलन गर्यो
काठमडाौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ७३.९२ प्रतिशतले बढेर ६१ करोड ९४ लाख ८२ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोहीमा लघुवित्तले ३५ करोड ६१ लख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १५.६६ प्रतिशत बढे १ अर्ब ४५ करोड १३ लाख ३४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद ब्याज आम्दानी १ अर्ब २५ करोड ४८ लाख ३ हजार रुपैयाँ आर्जन गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी ४६.०४ प्रतिशत बढेर ३६ करोड ९६ लाख ६३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको अन्य सञ्चालन आम्दानी २५ करोड ३१ लख ३० हजार रुपैयाँ रहेको थियो । गत असारमसान्तसम्म लघुवित्तको सञ्चालन मुनाफा ४८.८९ प्रतिशत बढेर ८४ करोड १७ लाख ९३ हजार रुपैयाँ रहेको छ । भने लघुवित्तले १४ करोड १५ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएको छ ।
गत आवको असारमसान्तसम्म लघुवित्तको चुक्ता पूँजी १९.०१ प्रतिशत बढेर ९४ करोड ३० लाख रुपैयाँ, जगेडा कोष २८.३६ प्रतिशत बढेर १ अर्ब ७४ करोड ८८ लाख ७३ हजार रुपैयाँ, सापटी ३.११ प्रतिशत घटेर ४ अर्ब ६१ करोड ५२ लाख ३६ हजार रुपैयाँ, निक्षेप १४.४१ प्रतिशत बढेर १० अर्ब ६२ करोड ३० लाख ३ हजार रुपैयाँ र कर्जा १३.९८ प्रतिशत बढेर १७ अर्ब ३३ करोड १९ लाख ८३ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस २० रुपैयाँ ७४ पैसा बढेर ६५ रुपैयाँ ६९ पैसा छ । लघुवित्तको मूल्य आम्दानी अनुपात २५.२५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २८५ रुपैयाँ ४६ पैसा रहेको छ ।












