एनएलजी इन्स्योरेन्सको साधारणसभा आज हुँदै, १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

एनएलजी इन्स्योरेन्सको साधारणसभा आज हुँदै, १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारीत गर्ने



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको १५ औं साधारण सभा आज हुदै छ । कोरोना संक्रमणकाृ जोखिमलाई मध्यनजर गदै भर्चुअल माध्यम बाट साधारणसभा सम्पन्न गर्ने कम्पनिले जनाएको छ ।

साधारण सभाले १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ त्यसैगरी साधारण सभाले चालु आर्थिक वर्ष २०७७/७८ को लेखापरिक्षक नियुक्तिको प्रस्ताव पारी गरी निजको परिश्रमिक पनि निर्धारण गर्ने छ ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले साउन १४ गते एक दिन बुक क्लोज गरेको छ । त्यसैले साउन १३ गतेसम्म कायम शेयरधनीले १० प्रतिशत बोनस शेयर प्राप्त गर्न सक्नेछन । हाल कम्पनिको चुक्ता पूँजी १ अर्ब ९ करोड रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस शेयर पारीतपछि १ अर्ब २० करोड पुग्ने छ ।


प्रतिक्रिया दिनुहोस्