नाडेप लघुवित्तको सबै सूचकमा अचाक्ली बृद्धि, नाफा ८३६९ प्रतिशत बढ्दा प्रतिशेयर आम्दानी शतप्रतिश बृद्धि

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्षको चौथो त्रैमासमा खुद नाफा ८३६९.११ प्रतिशतले बढेर १५ करोड ६८ लाख ४८ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तले खुद नाफा १८ लाख ५२ हजार रुपैयाँ आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी ८७.५७ प्रतिशतले बढेर ४७ करोड ५७ लाख ७ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको साही अवधिमा लघुवित्तले २५ करोड ३६ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा लघुवित्तको सञ्चालन नाफा २०७६.०५ प्रतिशतले बढेर २४ करोड ३८ लाख ७४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा लघुवित्तको सञ्चालन मुनाफा ८६ लाख ९१ हजार रुपैयाँ थियो ।
गत असार मसान्तसम्म लघुवित्तको चुक्ता पूँजी स्थिर रहेर ४० करोड ४८ लाख रुपैयाँ, जगेडा कोष ६५.७५ प्रतिशतले बढेर ३६ करोड ७२ लाख ९ हजार रुपैयाँ, निक्षेप संकलन १३.३७ प्रतिशतले बढेर १ अर्ब ५४ करोड ४२ लाख ४७ हजार रुपैयाँ र कर्जा लगानी ६.७२ प्रतिशतले बढेर ४ अर्ब ४० करोड ४० लाख ७८ हजार रुपैयाँ रहेको छ ।
समिक्षा अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ९९ पैसा बढेर ३८ रुपैयाँ ७५ पैसा पुगेको छ ।