एनआईसी एशिया लघुवित्तमा ठूलो संख्यामा कर्मचारी आवश्यकता, प्रशिक्षार्थीले पनि आवेदन दिन पाउने

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले ठूलो संख्यामा कर्मचारी मागगेको छ । लघुवित्तले देशभरिका शाखाका लागी कर्मचारी मागेको हो ।
लघुवित्तले वित्त विभाग प्रमुख (सहायक प्रबन्धक) पदका लागी १ जना कर्मचारी मागेको छ । उप–प्रदेश प्रमुख (कनिष्ठ अधिकृत/अधिकृत/वरिष्ठ अधिकृत) पदका लागी केही, पर्फमेन्स एसोरेन्स अफिसर अनुगमन अधिकृत (अधिकृत केही, चार्टर्ड एकाउन्टेण्ट/सेमी क्वालिफाईड चार्टड एकाउन्टेण्ट (सुपरभाइजर/कनिष्ठ अधिकृत/वरिष्ठ अधिकृत) पदका लागी केही, डिजिटल ईन्टिग्रेशन तथा डेभलपमेन्ट अफिसर (Digital Integration and Development Officer) (अधिकृत) पदका लागी १ जना, डाटा बेश तथा एमआइएस (Database Administrator/MIS Developer) (सहायक/सुप।भाइजरकनिष्ठ अधिकृत/बरिष्ठ अधिकृत) पदका लागी २ जना, आइटी अफिसर कोर बैंकिङ सिस्टमका लागी केही, शाखा प्रबन्धक (सहायक/बरिष्ठ सहायक/सुपरभाइजर) पदका लागी केही र प्रशिक्षार्थी सहायक÷करारका लागी केही संख्यामा कर्मचारी मागेको हो ।
रितपूर्वक प्राप्त दरखास्तहरु मध्येबाट छोटो सूचीमामा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियाको लागि सम्पर्क गरिनेछ । शाखा भएका स्थानहरुमा प्राथमिकताको आधारमा घर पायक पर्ने गरि ठाउँ तोकिनेछ । कर्मचारी छनौट सम्बन्धी सम्पूर्ण अधिकार तथा निर्णय वित्तीय संस्थामा निहित रहनेछ ।
निवेदन पठाउदा आफुले काम गर्न चाहेको पद, उमेर, अनुभव, सम्बन्धित पदका लागि तोकिएको शैक्षिक योग्यता, आफुलाई रामो्र सँग चिन्ने कुनै दुइ जना व्यक्तिको नाम÷सम्पर्क नम्बर लगायतका विवरणहरु उल्लेख गरिएको बायोडाटा संलग्न गर्नु पर्नेछ ।
इच्छुक योग्यता पुगेकाले भदौ ७ गतेसम्म आवेदन दिनसक्नेछन् ।
आवेदन दिनका लागि: http://www.nicasialaghubitta.com/careers.