जिवन विकास लघुवित्तले माग्यो कर्मचारी, एसएलसी वा एसईई ले पनि आवेदन दिन सक्ने « Arthapath.com
२६ श्रावण २०७८, मंगलवार

जिवन विकास लघुवित्तले माग्यो कर्मचारी, एसएलसी वा एसईई ले पनि आवेदन दिन सक्ने



काठमाडौं । जिवन विकास लघुवित्तले कर्मचारी मागेको छ । लघुवित्तले कनिष्ठ साहायक प्रशिक्षार्थी र साहायक प्रशिक्षाथीको लागि केही संख्यमा कर्मचारी मागेको छ ।इच्छुक योग्यता पुगेका आवेदकले आज २६ गतेदेखि भदौ ११ गते कार्यलयसमय सम्म आवेदन दिन सक्ने छन ।

योग्यता
कनिष्ठ साहायक प्रशिक्षार्थीले मान्यता प्राप्त शिक्षण संस्थाबाट एसएलसी वा एसईईमा कम्तिमा २ जीपीए ल्याई वा सो सरह उर्तिण गरेको हुनपर्ने छ । साहायक प्रशिक्षाथीले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा प्रविणता प्रमाणपत्र तह वा सो सरह उर्तिण भएको हुनुपर्ने छ ।

उमेर
पुरषको लागि १८ वर्ष पुरा भई ३० ननाघेको र महिलाको लागि १८ वर्ष पुरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने छ ।

www jeevanbikashmf.com मा गएर अनलाईन फारम भर्न सक्ने छन भने परीक्षा फारम बुझाउनको लागि जिवन विकास लघुवित्तको केन्द्रीय कार्यलय कटहरी मोरङ, एभरेष्ट बैंकको शाखा कार्यालय विराटनगरको खाता नम्बर ००८००१०५२००६४२ मा सहायक प्रशिक्षार्थीको लागि ५ सय र कनिष्ठ साहायक प्रशिक्षाथी २५ रुपैयाँ जम्मा गर्न सक्ने कम्पनिले जनाएको छ । उक्त भौचर अनलाईन फारमसंग संलग्न गनु पर्ने छ ।
यस्तो छ जिवन विकास लघुवित्तले जारी गरेको कर्मचारी आवश्यकता सम्बनधी सुचना :


प्रतिक्रिया दिनुहोस्