हिमालयन जनरलको अधिकांश सूचकमा गिरावट, नाफा १०.३५ प्रतिशत घट्दा अन्य सूचक कस्ता ? « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

हिमालयन जनरलको अधिकांश सूचकमा गिरावट, नाफा १०.३५ प्रतिशत घट्दा अन्य सूचक कस्ता ?



काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको गत आर्थिक बर्षको चौथो त्रैमासमा खुद नाफा १०.३५ प्रतिशत घटेर १५ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीले खुद नाफा १७ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ३ लाख ३७ हजार रुपैयाँ र जगेडा कोष २२.७५ प्रतिशत बढेर २४ करोड ६७ लाख ९० हजार रुपैयाँ जम्मा भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा २० करोड १० लाख ५५ हजार रुपैयाँ संचिती थियो । कम्पनीको बीमा कोष १३.८४ प्रतिशत बढेर ६३ करोड ९७ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको बीमा कोषमा ५६ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

गत आर्थिक वर्षको असारमसान्तसम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ३.९७ प्रतिशत घटेर २५ करोड ९ लाख २० हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २६ करोड १२ लाख ८१ हजार रुपैयाँ खुद बीमा खुल्क आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद दावी भुक्तानी ११.३० प्रतिशत घटेर १२ करोड ३६ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ५३ लाख २५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीको कुल बीमा शुल्क ६.४७ प्रतिशत घटेर १ अर्ब ३० करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३९ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ १४ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८५ रुपैयाँ २२ पैसा रहेको छ भने पिई अनुपात ५४.३२ गुणा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्