स्वरोजगार बन्नेलाई २५ लाख रुपैयाँसम्म ऋण « Arthapath.com
२९ श्रावण २०७८, शुक्रबार

स्वरोजगार बन्नेलाई २५ लाख रुपैयाँसम्म ऋण



काठमाडौं । स्वरोजगार बन्नेलाई २५ लाख रुपैयाँसम्म ऋण दिने भएको छ । राष्ट्र बैंकले विपन्न कर्जामा यस्तो ब्यवस्था गरेको हो । राष्ट्र बैंकले महिला उद्यमीद्वारा लघुवित्त उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने २० लाखसम्मको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गरिने भएको छ । शुक्रबार आर्थिक बर्ष २०७८–७९ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यस्तो व्यवस्था गरिएको बताए । तर यस्तो कर्जाको अनिवार्य बीमा गर्नुपर्ने भएको छ ।

राष्ट्र बैंकका अनुसार, “राष्ट्र बैंकको विपन्न बर्ग कर्जामा महिला उद्यमीद्वारा लघु उद्यम तथा स्वरोजगारमूलक व्यवसाय सञ्चालन गर्न परियोजनाको धितोमा प्रवाह हुने रु. २० लाखसम्मको कर्जालाई विपन्न वर्ग कर्जामा गणना हुने व्यवस्था गरिनेछ । यस्तो कर्जाको अनिवार्य रुपमा बीमा गर्नु पर्ने व्यवस्था मिलाइने छ ।”

तयस्तै, पर्यटन क्षेत्रमा रोजगारी गुमाएका ब्यक्तिलाई दिईने १५ लाख रुपैयाँ, ऋणी स्वयम स्वरोजगार हुने उद्येश्यले सावरी खरिद गर्न प्रवाह गरिएको २५ लाख रुपैयाँसम्मको कर्जा र कृषि व्यवसाय सञ्चालन गर्न दिईने २० लाख रुपैयाँको कर्जालाई विपन्न बर्ग कर्जामा गणना गरिने भएको हो ।


प्रतिक्रिया दिनुहोस्